एनआईबिएल सहभागिता फण्डको इकाई वितरक (एजेन्ट) तोकिएको छ । एनआईएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस योजनाको इकाई वितरकमा सिन्धु विकास बैंक लिमिटेडलाई नियुक्त गरिएको हो ।
योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले इकाईहरूको खरीद विक्री सहज बनाउनका लागि सिन्धु विकास बंैकलाई वितरकमा नियुक्त गरेको जानकारी दिएको हो । खुलामुखी प्रकिृतिको यस योजनाका इकाईधनीहरूले सिन्धु विकास बैंकको तोकिएका शाखा कार्यालयमार्फत इकाई खरीद विक्री गर्न सक्नेछन् ।
२ अर्ब रूपैयाँको योजनाको आकार रहेपनि चैत १५ सम्म योजनाको आकार १ अर्ब ४४ करोड २० लाख ५२ हजार कायम रहेको योजना व्यवस्थापकको भनाई छ । यस योजनाका इकाईधनीहरू जम्मा ५३ हजार ७५० जना रहेका छन् । चैत १५ गतेसम्मको योजनाको खुद सम्पत्ति मूल्य रू। १० दशमलव १७ रहेको छ ।
यस योजनाले हालसम्म वितरण गरेको लाभांशको अवस्थालाई हेर्दा आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट ८ दशमलव २५ प्रतिशत, आर्थिक वर्ष ०७७र७८ को मुनाफाबाट ५० प्रतिशत र आर्थिक वर्ष ०७८र७९ को मुनाफाबाट ७ दशमलव २० प्रतिशत लाभांश वितरण गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस