Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, ०६ जेठ २०८२, ०६ : ५९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहका सेयर बिक्रीका लागि आवेदन खुला गरेको छ।
बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेका २ लाख २३ हजार २२९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जानकारी दिएको हो।

सेयर किन्न इच्छुक वर्तमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आफुले कति मूल्यमा सेयर खरिद गर्न चाहेको हो भन्ने विवरण सहित बैंकको शेयर शाखा, लाजिम्पाट, काठमाडौंमा निवेदन दिनु पर्नेछ।

बैंकले जानकारी गराएअनुसार, तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट कुनै आवेदन नपरेमा, उक्त सेयरहरू अन्य व्यक्ति वा संस्थागत लगानीकर्ताहरूलाई बिक्री गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको