Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार अर्ध जुवाघर हो : लगानीकर्ता रोजकुमार श्रेष्ठ

लगानीकर्ताको आवाज

सोमबार, १९ माघ २०७७, १३ : ०४ मा प्रकाशित

सेयर बजार अर्ध जुवाघर हो : लगानीकर्ता रोजकुमार श्रेष्ठ

उनले सेयर कारोबार सुरू गरेकाे ४ दशक नाघेकाे छ । २०४३ सालदेखि निरन्तर सेयर काराेबार गर्दै आएका श्रेष्ठलाई अहिले प्राथमिक सेयर बाँडफाँड गर्दा १० कित्ता आवेदन दिनेलाई प्राथमिकता दिने प्रणाली पटक्कै मन परेकाे छैन । उनी यस्ताे प्रणाली लगानीकर्ता र कम्पनी दुवैकाे हितमा नभएको बताउँ छन् ।

अर्थसंसारको नियमित श्रंखला लगानीकर्ताको आवाजसँगको कुराकानीमा उनले अब सेयर बाँडफाँड गर्दा १० कित्ते प्रणालीलाई हटाएर कम्तिमा ५० कित्ताका दरले सेयर वितरण गरिनु पर्ने बताए । अहिलेको यस्तो प्रतिकूल अवस्थामा पनि सेयर बजारको उचाइ देखेर आफैँ अचम्मित भएको उनको भनाइ छ । अहिलेको सेयर बजार सिद्धान्त र व्यबहारिक अभ्यासभन्दा बाहिर रहेकाले आँफूले यसलाई कोभिड बजारका रुपमा परिभाषित गरेको उनलेे बताए ।

अहिलेको बजार एकदमै खतरनाक ढंगले बढिरहेकाले त्यसले कुनदिन अप्ठ्यारो स्थिति पैदा गर्ला भन्ने डररहेको उनि बताउँछन् । अहिलेको बजार नयाँ लगानीकर्ताहरुको आधारले मात्र बढेकाले जुनसुकै दिन घट्न सक्ने उनकाे अनुमान छ ।

सेयरबजार बाबुराम भट्टराईले भने जस्तो पूर्ण जुवा घर नभए पनि अर्ध जुवाघर भने रहेको उनको भनाई छ । बजारमा जति कमाउने संभावना छ, त्यति नै गुमाउने संभावना पनि छ । त्यसकारण लगानीकर्ताहरुले सामाजिक संजालको हल्लाको पछि नलागी संयमित भएर कम्पनीका बारेमा बुझेर मात्र लगानी गर्न उनी सुझाँउछन् ।

अहिले बजारमा पुराना र ठूला लगानीकर्ताहरुले नयाँ लगानीकर्ताहरुलाई माया गर्नेभन्दा कसरी फसाउने भन्नेतर्फ केन्द्रित हुने गरेको उनकाे अनुभव छ । आजभोलि कतिपय व्यक्तिहरुले सेयर बजर सधैं बढिरहन्छ, कहिल्यै घट्दैन भनेर नयाँ लगानीकर्ताहरुलाई फँसाइरहेको उनको आरोप छ ।

सेयर बजारमा चलखेल गर्ने समूहले बैंकिङ समूहलाई चलाउन नसकेका कारणले गर्दा अहिलेसम्म बैंकिङ उपसमूहको सूचक बढ्न नसकेको उनको तर्क छ । बेही बैंकहरुको सेयरमा चलखेल गर्न त्यस्ताे समुह सफल भए पनि समग्र बैंकिङ उपसमूहको पुँजी एकदमै ठूला भएकाले अहिलेसम्म यो उपसमूहको सेयर मूल्य तुलनात्मक रुपमा बढ्न नसकेको उनकाे भनाइ छ ।

सेयरकाे प्राविधिक विश्लेषण कसरी गर्ने ? बजार ८००० माथि पुग्न सक्छ | Bimal Tiwari | Arthasansar Talk

व्यवसायमा असफल सेयरमा सफल | बैंकका सेयर नबढे,बजार दिगो हुदैन | Nani Babu Kharel | लगानीकर्ताको आवाज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको