Like us!
Follow us!
Connect us!
Watch us!
donald

महाभियोग विरुद्धको सुनुवाईका लागि ट्रम्पद्वारा दुई वकील नियुक्त

अर्थ संसार

सोमबार, १९ माघ २०७७, १५ : २५ मा प्रकाशित

महाभियोग विरुद्धको सुनुवाईका लागि ट्रम्पद्वारा दुई वकील नियुक्त

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरुद्ध सिनेटमा हुन लागेको महाभियोगमाथिको सुनुवाईका लागि प्रतिरक्षा गर्न दुई जना वकील नियुक्त गर्नु भएको छ । 

पूर्व राष्ट्रपति ट्रम्प विरुद्ध एक कार्यकालमै दुई पटक महाभियोग लागेको थियो । 

ट्रम्पले नियुक्त गरेका वकीलहरुमा डेभिड सोएन र ब्रुस एल। क्यास्टर जुनियर रहनु भएको छ । विगतमा ट्रम्पसँग रहेका कतिपय वकीलले विदा लिइसकेकाले थप दुई वकील राख्नु परेको हो । 

अमेरिकी सिनेटमा आगामी फेब्रुअरी ८ देखि महाभियोगमाथि सुनुवाई हुँदैछ । ट्रम्पको गत जनवरी २० मा कार्यकाल समाप्त भए पनि अमेरिकी संसद भवनमा ट्रम्पको उक्साहटमा आक्रमण भएको भन्दै डेमोक्रेट पार्टीले उहाँ विरुद्ध अविश्वास प्रस्ताव अघि बढाएको छ । 

अमेरिकी तल्लो सदनले महाभियोग लगाउने प्रस्ताव स्वीकृत गरी सिनेटमा पठाइसकेको छ । अमेरिकी संविधान र कानुन बमोजिम सिनेटको दुई तिहाईले पारित गरेमा मात्र कुनै पनि राष्ट्रपति विरुद्ध महाभियोग पारित हुने प्रावधान छ । 

सिनेटमा हाल रिपब्लीकन र डेमोक्रेटिक पार्टीबाट समान ५०–५० सदस्य रहेकाले ट्रम्प विरुद्धको महाभियोग पारित हुने सम्भावना भने कम रहेको छ ।

हालसम्म पाँच जना रिपब्लीकन सिनेटर सदस्यले मात्र ट्रम्प विरुद्धको महाभियोग लगाउनु पर्ने मत सार्वजनिक गरेका छन् । महाभियोग पारित हुन अझै १७ रिपब्लीकन सिनेटरले समर्थन जनाउनु पर्नेछ, जुन निकै कठिन छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको