काठमाडौं–एभरेस्ट बैंकले बाइसौं वार्षिकोत्सवको अवसर पारेर आइतबार मुख्य कार्यालय परिसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
शिविरमा लगभग २ सय ५० जनाले ग्य्रान्डी अस्पतालको चिकित्सक टोलीबाट परामर्श र उपचार पाएका छन् । शिविरमा ईएनटि, दन्त चिकित्सा, ग्यास्त्रोएन्टेरोलोजी, ओप्थाल्मोलोजी र अर्थोपेडिकलगायतका सेवाहरू उपलव्ध थिए ।
एभरेष्ट बैंकले आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस