Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि, बिमा शुल्क पनि बढ्यो

अर्थ संसार

मंगलबार, २० माघ २०७७, ०८ : १० मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि, बिमा शुल्क पनि बढ्यो

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिकको दाेश्राे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले दाेश्राे त्रैमाससम्ममा ७ करोड ४० लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ३ करोड ९ लाख ६९ हजार रुपैयाँले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ४ करोड ३० लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, दाेश्राे त्रैमाससम्ममा कम्पनीले १ अर्ब ४९ करोड ५ लाख ६६ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । गत वर्षको यही अवधीमा कम्पनीले ७३ करोड ६५ लाख १५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे जीवन बिमा कोषको आकार पनि बढेर २ अर्ब ९ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यहि अवधीमा कम्पनीको जीवन बिमा कोषमा १ अर्ब ७३ करोड १८ लाख ६३ हजार रुपैयाँ रहेको थियो । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ, जगेडा कोषमा ४२ करोड ७० लाख ३५ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी (ईपीएस) १० रुपैयाँ ५८  पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ८९ पैसा रहेकाे छ । 
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

6018b8b2894bd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको