Like us!
Follow us!
Connect us!
Watch us!

वोमी लघुवित्तको नाफा २७.६७ प्रतिशतले बढ्दा अन्य सूचक के भए ?

अर्थ संसार

मंगलबार, २० माघ २०७७, ११ : ३२ मा प्रकाशित

वोमी लघुवित्तको नाफा २७.६७ प्रतिशतले बढ्दा अन्य सूचक के भए ?

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेको छ । 

संथाले आज सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले दोस्रो त्रैमाससम्ममा ५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  यो नाफा गत वर्षको तुलनामा २७.६७ प्रतिशतले धेरै हो । गत वर्ष यही अवधिमा संस्थाले ४ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

उक्त विवरण अनुसार संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी ११ करोड ६८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा संस्थाले ९ करोड ७९ लाख रुपैयाँमा खुद व्याज आम्दानी गरेको थियो । 

दोस्रो त्रैमासमा संस्थाको सञ्चालन मुनाफाबापत ८ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सो अवधिमा संस्थाले  ६ करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 

संस्थाको चुक्ता पूँजी ३६ करोड ९५ लाख रहेको छ भने प्रतिसेयर आम्दानी (ईपीएस) २९.४२ रुपैयाँ र  प्रतिसेयर नेटवर्थ १४०.५९ रुपैयाँ रहेको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस् :

6018e80a52701.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको