Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ ल्याएको महिला लघुवित्तको नाफा ११२.६६%ले बढ्यो, ईपीएस कति ?

अर्थ संसार

आइतबार, १९ बैशाख २०७८, ०९ : ०६ मा प्रकाशित

भर्खरै आईपीओ ल्याएको महिला लघुवित्तको नाफा ११२.६६%ले बढ्यो, ईपीएस कति ?

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ६ करोड ४२ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  गत वर्षको सोहि अवधिको तुलनामा यो नाफा ११२.६६ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीको यस्तो नाफा ३ करोड २ लाख २५ हजार रुपैयाँमा सिमित थियो ।

त्यस्तै सो अवधिसम्म सञ्चालन नाफा पनि १५० प्रतिशतले बढेर ७ करोड ९२ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिसम्म संस्थाले ३ करोड १७ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो। 

हाल चुक्तापूँजी १० करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोष १९ करोड १८ लाख ३९ हजार रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी ८५.६६ र प्रतिशेयर नेटवर्थ २९१.८४ रहेको छ ।

गत माघमा मात्र सर्वसाधारणलाई आईपीओ जारी गरी चैत ३ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको