सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले चालुआर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा चमक देखिएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २ करोड ८४ लाख रुपैयाँले धेरै हो । गत वर्ष कम्पनीको यस्तो नाफा २ करोड ९६ लाखमा सिमित थियो ।
सो अवधिसम्म कम्पनीको खुद बीमाशुल्क ५ करोड २९ लाख रुपैयाँले बढेर १३ करोड ८४ लाख पुगेको छ । गत वर्ष कम्पनीले बीमाशुल्क वापत ८ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब रहेको छ भने जगेडा कोषमा ७ करोड ५९ लाख रहेको छ । त्यस्तै कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ०६ पैसा रहेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यसप्रकार छ :-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस