Like us!
Follow us!
Connect us!
Watch us!

हालै आईपीओ निष्कासन गरेको धौलागिरी लघुवित्तकाे वित्तीय चिरफार

अर्थ संसार

विहीबार, २४ कार्तिक २०७९, १२ : ५७ मा प्रकाशित

हालै आईपीओ निष्कासन गरेको धौलागिरी लघुवित्तकाे वित्तीय चिरफार

हालै आईपीओ निष्कासन गरेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेको छ । संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार संस्थाकाे खुद नाफासँगै ईपीएस पनि घटेकाे छ ।

खुद नाफा 

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा संस्थाकाे नाफा घटेर ४५ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । उक्त नाफा रकम गत वर्षकाे तुलनामा ५३.२० प्रतिशतले घटेकाे हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ९७ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी

चालु आर्थिक वर्षकाे पहिलाे त्रैमाससम्म संस्थाले २ करोड २३ लाख २८ हजार रूपैयाँ बराबरकाे खूद ब्याज आम्दानी गरेकाे छ । उक्त आम्दानी अघिल्लाे वर्षकाे तुलनामा ४.७० प्रतिशतले घटेकाे हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ कराेड ३४ लाख २८ हजार रूपैयाँ खूद ब्याज आम्दानी गरेकाे थियाे ।

सञ्चालन मुनाफा

संस्थाकाे नाफासँगै सञ्चालन मुनाफा पनि प्रभावित बनेकाे छ । संस्थाकाे सञ्चालन मुनाफा पनि ८८.०७ प्रतिशतले घटेर १२ लाख ४५ हजार रूपैयाँमा झरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले एक कराेड ४ लाख ३५ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे । 

खराब कर्जाको अनुपात (एनपीएल)

संस्थाको खराब कर्जा भने बढेको छ । गत वर्षको यसै अवधिमा २.८७ प्रतिशत रहेको खराब कर्जाको अनुपात अहिले ३ प्रतिशतले बढेर ५.८७  प्रतिशत पुगेको छ । 

चुक्ता पूँजी

संस्थाकाे चुक्ता पूँजी ४७.२९ प्रतिशतले बढेर १० करोड ३१ लाख रूपैयाँ पुगेकाे छ । 

जगेडा काेष

संस्थाकाे जगेडा काेष ३६.६३ प्रतिशतले घटेकाे छ । संस्थाकाे जगेडा काेषमा ६ करोड ५८ लाख ५ हजार रूपैयाँ सञ्चित रहेकाे छ । 

प्रतिसेयर नेटवर्थ 

समिक्षा अवधिमा संस्थाकाे प्रतिसेयर नेटवर्थ एक सय ६३ रूपैयाँ ८३ पैसा रहेकाे छ । 

प्रतिसेयर आम्दानी (ईपीएस)

संस्थाको प्रतिसेयर आम्दानी ईपीएस घटेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा ५५ रूपैयाँ ६१ पैसा रहेकाे संस्थाकाे प्रतिसेयर आम्दानी ईपीएस चालु आर्थिक वर्षकाे पहिलाे त्रैमाससम्म आइपुग्दा घटेर १७ रुपैयाँ ६७ पैसामा सिमित भएकाे छ । 

मूल्य आम्दानी अनुपात (पीई रेसियो)

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार संस्थाकाे मूल्य आम्दानी अनुपात (पीई रेसियो) १०.१७ गुणा रहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको