Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुप पावरको विद्युत बिक्री आम्दानीसँगै अधिकांश सूचकमा गिरावट

अर्थ संसार

विहीबार, १६ बैशाख २०७८, १२ : ४० मा प्रकाशित

ङादी ग्रुप पावरको विद्युत बिक्री आम्दानीसँगै अधिकांश सूचकमा गिरावट

ङादी ग्रुप पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले २ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको  तुलनामा ४०.११ प्रतिशतले थोरै हो । अघिल्लो वर्ष ङादीले ४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । 
 
कम्पनीको विद्युत बिक्री आम्दानी घटेर ७ करोड ५३ लाख रुपैयाँमा सिमित भएको छ ।  अघिल्लो वर्ष यस्तो आम्दानी १० करोड ४३ लाख रुपैयाँ रहेको थियो । 

तेस्रो त्रैमाससम्म ङादी ग्रुपको चुक्ता पुँजी ५८ करोड ५१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड १६ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ०७ पैसा रहेको छ ।

608a5a138e8dc.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको