Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुको वित्तीय विवरण प्रकाशन गर्ने म्याद थप, कहिलेसम्म आउँछ ?

अर्थ संसार

सोमबार, ११ साउन २०७८, १७ : ४७ मा प्रकाशित

बैंकहरुको वित्तीय विवरण प्रकाशन गर्ने म्याद थप, कहिलेसम्म आउँछ ?

बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष  २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण आगामी साउन मसान्तसम्म प्रकाशन गर्न पाउने भएका छन् ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) प्रकाशन गर्ने अवधि २०७८ साउन मसान्तसम्म कायम गरेको हाे ।

यसअघि हरेक त्रैमास सकिएको १५ दिनभित्र बैंक तथा वित्तीय संस्थाहरुले अन्तरिम वित्तीय प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था थियाे । 

बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकहरुको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) यस प्रयोजनका लागि तोकिएको ढाँचामा हरेक त्रैमासको महिना व्यतित भएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनु पर्ने निर्देशनमा उल्लेख छ । 

तर, आर्थिक वर्ष २०७७/७८ को चौथो त्रयमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) प्रकाशन गर्ने अवधि २०७८ साउन मसान्तसम्म कायम गरिएको छ ।

यस्ताे छ निर्देशन : 

60fea55cea2f0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको