Like us!
Follow us!
Connect us!
Watch us!

बुकिङ खुल्ला ! एमजीको स्टाइलिस एसयूभी ‘एचएस’ नेपाल आउँदै

अर्थ संसार

मंगलबार, २० माघ २०७७, १६ : ५७ मा प्रकाशित

बुकिङ खुल्ला ! एमजीको स्टाइलिस एसयूभी ‘एचएस’ नेपाल आउँदै

पारामाउन्ट मोटर्स प्रालि, नेपालको लागि एमजीको आधिकारीक वितरक हो । कम्पनीले एमजीएचएस प्रिमियमएसयूभीको अग्रिम बुकिङ खुल्ला गरेको छ । अल न्यू स्टाइलिस एसयूभीको रुपमा बजारमा आउन लागेको एमजी एचएस निकै सुरक्षीत एसयूभी हुने छ । विशेषत सुरक्षाको लागि आवश्यक सबै मापदण्ड पुरा गरेको एचएसमा अगाडि ड्यूल र साइड कटन एयरव्याग दिइएको छ । 

कारलाई चालक मैत्री बनाउन लेड डिपार्चर वार्निङ सिस्टम, ब्लाइन्ड स्पाट डिटेक्सन, ३६० डिग्री क्यामेरा, अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, अगाडि र पछाडि चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्रायाप सहितको पानारोमिक सनरुफ, ६ तरिकाबाट आफु अनुकुल बनाउन सकिने ड्राइभिङ सिट, ४ तरिकाले मिलाउनमिल्ने यात्रु सिट, अगाडिका दुबै सिट तातो बनाउनमिल्ने, अटोमेटिक फोल्ड हुने र चिसोमा तातो बनाउन मिल्ने आउट साइड रियर भ्यू मिरर जस्ता फिचर यसमा उपलब्ध रहेका छन् । 
साथै, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यसमा रहेको छ । जसमा एप्पलकार प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । यसमा रहेको १८ इन्चको अलोय ह्वील र पूर्णत लेदर सिटले गाडीको इन्टेरियर र एक्सटेरियर दुबैलाई प्रिमियम बनाएको छ । 

एमजीएचएसमा १.५ लिटर टर्बो इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ५६०० आरपीएममा १५२ पीएस पावर र १७०० देखि ४४०० आरपीएममा २५० एनएमपिक टर्क प्रदान गर्छ । यसमा७ स्पीड डिसिटी गियरबक्स उपलब्ध रहेको छ । 

यसलाई नेपाल ल्याएको अवसर पारेर केहि समयको लागि कम्पनीले ७९ लाख ९९ हजार रुपैयाँमूल्यतोकेर विक्री सुरु गर्न लागेको हो । विभिन्न तीनकलर भेरियन्टमा यसलाई ग्राहकले किन्न सक्नु हुने छ । जसमाकालो, सेतो र रातो कलर भेरियन्ट रहेका छन् । अहिले बुकिङ गर्ने ग्राहकलाई आगामी मार्च दोस्रो सातासम्ममा डेलिभरी दिइने छ । 
यदितपाई आफ्नो पुरानो गाडीलाई एक्सचेन्ज गर्ने मुडमा हुनु हुन्छ भने किन कुर्नु हुन्छ । आजै एमजीएचएस बुकिङ गर्नुहोस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको