नेरुडे लघुवित्त वित्तीय संस्थाले १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
संस्थाको माघ १८ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार संस्थाको उक्त सभा  फागुन २२ गते, शनिबार हुँदैछ । 
सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ८.४२  प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा  रहेका छन्।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले आउँदो फागुन ७ गतेदेखि फागुन २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले   फागुन ६ गतेसम्म नेप्सेमा कायम भइ कारोबार गर्ने सेयरधनीहरु मात्र प्रस्तावित लाभांश प्राप्त गर्न  र सभामा भाग लिन सक्नेछन् । 
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
 
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस