Like us!
Follow us!
Connect us!
Watch us!

बुक विल्डिङमा आवेदन दिन थप १८ कम्पनीलाई सेबोनको स्वीकृती

अर्थ संसार

विहीबार, २२ माघ २०७७, ०८ : ४७ मा प्रकाशित

बुक विल्डिङमा आवेदन दिन थप १८ कम्पनीलाई सेबोनको स्वीकृती

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संस्थागत लगानीकर्ताकाे रूपमा काम गर्न थप १८ कम्पनीलाई स्वीकृति प्रदान गरेकाे छ । याे सँगै संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न याेग्य कम्पनीकाे संख्या ६४ पुगेकाे छ । यसअघि बोर्डले एकैपल्ट ४६ वटा कम्पनीलाई स्वीकृति दिएको थियो  । 

बोर्डले गत भदौ ३ गते सुचना जारी गरी बुक विल्डिङ विधिमार्फत निष्कासन हुने सेयर खरिदका लागि योग्य संस्थागत लगानीकर्ताको स्वीकृति लिन आग्रह गरेको थियो ।

योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन,भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सू सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गर्ने जस्ता कार्य गर्दछन् ।

601b6474deeb2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको