Like us!
Follow us!
Connect us!
Watch us!

बुक बिल्डिङ विधिबाट निष्कासित रिलायन्स स्पीनिङ मिल्सको आवेदन खोलियो, कटअफ मूल्य कति?

अर्थ संसार

सोमबार, १५ माघ २०८०, १३ : ३३ मा प्रकाशित

बुक बिल्डिङ विधिबाट निष्कासित रिलायन्स स्पीनिङ मिल्सको आवेदन खोलियो, कटअफ मूल्य कति?

बुक बिल्डिङ विधिबाट निष्कासित रिलायन्स स्पीनिङ मिल्सको शिलबन्दी आवेदन खोलिएको छ । पहिलो चरणमा कम्पनीले संस्थागत लगानीकर्ताबाट सात लाख ७० हजार ६ सय ४० कित्ता आइपिओमा आवेदन माग गरेको थियो ।

माघ १० गतेबाट खुलाइएको आवेदनमा ६४ संस्थागत लगानीकर्ताले आवेदन दिएका थिए । धितोपत्र बोर्डले कम्पनीको सेयरको आधारमूल्य ७६० रुपैयाँ तय गरेर आईपीओ निष्काशन गर्न अनुमति दिएको थियो । उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने व्यवस्था छ ।

सोही अनुसार योग्य संस्थागत लगानीकर्ताले बिक्री मूल्यको माथिल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म माथि ९१२ रुपैयाँ र तल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म कम हुनेगरी ६०८ भित्र रहेर आवेदन फारम भरी शीलबन्दी गरेको गोप्य बोलपत्र फारम नेप्सेमा बुझाएका थिए । बोलपत्र पेश गरेका संस्थागत लगानीकर्ताहरूमध्ये माथिल्लो सीमाकै आसपासको मूल्यमा सेयर कबोल गरेका जनाइएको छ ।

बोलपत्र पेश गरेका संस्थागत लगानीकर्ताहरूमध्ये १८ वटा संस्थाले ९१२ रुपैयाँमा सेयर खरिदका लागि बोलपत्र पेश गरेका छन् । उच्च मूल्यमा नै निष्कासित कित्ताका लागि आवेदन परेपछि कट अफ मूल्य पनि ९१२ नै कायम हुने भएको छ ।

कट अफ मूल्यमा १० प्रतिशत डिस्काउण्ट गरि सर्वसाधारणलाई आइपिओ जारी गर्नुपर्ने नियम रहेको छ । यस हिसाबले अब सर्वसाधारणले उक्त कम्पनीको आइपिओमा आवेदन दिँदा प्रति कित्ता ८२१ रुपैयाँ पर्न जाने देखिएको छ । कम्पनीको आइपिओको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको