Like us!
Follow us!
Connect us!
Watch us!

बुक बिल्डिङ्ग प्रक्रियामार्फत रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर निष्काशन माघ १० गतेदेखि

अर्थ संसार

मंगलबार, ०२ माघ २०८०, ०९ : ०० मा प्रकाशित

बुक बिल्डिङ्ग प्रक्रियामार्फत रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर निष्काशन माघ १० गतेदेखि

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले बुक बिल्डिङ्ग प्रक्रिया मार्फत आईपीओ जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले स्वीकृति दिए संगै कम्पनीले सर्वप्रथम  योग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीका अनुसार माघ १० गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर निष्काशन खुल्नेछ। 

नेपाल धितोपत्र बोर्डले रिलायन्सलाई  आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता सेयर बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न अनुमति दिएको थियो। जसको ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर बिक्री मूल्य सिमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको छ।

कहिले सम्म बोलपत्र बुझाउने ?

कम्पनीले शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति माघ १४ लाई तोकेको छ।  योग्य संस्थागत लगानीकर्ताहरुले बिक्री मुल्यको सीमामा रहेर बोलकबोल प्रस्तुत गर्न सक्ने छन्। यो प्रकिया नेप्सेले संचालन गर्नेछ। अर्थात योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गई बोलपत्र आवेदन फाराम भरेर  शिलबन्दी गरि गोप्य बोलपत्र फाराम बुझाउनु पर्नेछ।

को हो बिक्रि प्रबन्धक ?
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

कम्पनीले तोकेको मितिको भोलिपल्ट योग्य संस्थागत लगानीकर्ताहरुलाई निष्काशित आइपिओ पूर्ण रुपमा बिक्री भएपछ्यात प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ। कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको सेयर कटअफ मूल्यमा बाँडफाँट गरिनेछ। कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्ताले सेयर पाउने छैनन्। 

रेटिङ्ग 

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको