Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनका अध्यक्ष अर्थ फर्किए, विवादित रिलायन्स स्पिनिङको आइपिओ स्वीकृतिपछि अरुको हाललाई होल्ड

अर्थ संसार

सोमबार, १७ असार २०८१, ०७ : ३९ मा प्रकाशित

सेबोनका अध्यक्ष अर्थ फर्किए, विवादित रिलायन्स स्पिनिङको आइपिओ स्वीकृतिपछि अरुको हाललाई होल्ड

नेपाल धितोपत्र बोर्डका अध्यक्षले नरेन्द्र कुमार रानाले हालका सेबोनका प्रवक्ता एवम कार्यकारी निर्देशक डा.नवराज अधिकारीलाई प्रशासकीय प्रमुखको जिम्मेवारी दिएका छन्। 

अर्थमन्त्री वर्षमान पुनले गएको साता रानालाई अर्थमन्त्रालयमै बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी प्रदान गरेपछि राना हाललाई अर्थ फर्केका हुन् ।

यधपि संशोधित धितोपत्र सम्बन्धीअनुसार बोर्डमा अध्यक्ष रिक्त रहेको अवस्थामा अर्थमन्त्रालयको प्रतिनिधिले नै कार्यकारी अध्यक्षको हैसियतमा काम गर्ने अधिकार दिएको छ । जस अनुसार रानाको अनुमित बिना प्रशासकीय प्रमुखले आइपीओ र हकप्रदको अनुमति दिन पाउने छैनन्। 

रानाले केहि समय अगाडी मात्र हिमालयन उर्जाको हकप्रद र रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङ विधिबाट लगानीकर्तालाई साधारण सेयर (आइपिओ) जारी अनुमति दिएका थिए। यसको स्वकृतिमा चलखेल भएको भन्दै हाल निकै विवादमा रहेको छ। 

राना हाल अर्थ मै व्यस्थ रहने भएपछि फेरि केहि समय आइपिओ र हकप्रदको स्वीकृती रोकिने धितोपत्र बोर्ड स्रोतले जानकारी दिए। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको