Like us!
Follow us!
Connect us!
Watch us!

बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न २ कम्पनीले दिए सेबाेनमा निवेदन

अर्थ संसार

बुधबार, ०४ साउन २०७९, १४ : १४ मा प्रकाशित

बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न २ कम्पनीले दिए सेबाेनमा निवेदन

बुक बिल्डिङ विधिबाट साधारण सेयर (आईपीओ) निष्कासन गर्न २ वटा कम्पनीले नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएका छन् । सर्वोत्तम सिमेन्ट लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आईपीओ निष्कासन गर्न बाेर्डमा निवेदन दिएका हुन् । 

सर्वोत्तम सिमेन्ट लिमिटेड

कम्पनीले पहिलाे चरणमा योग्य संस्थागत लगानीकर्ताहरूलाई ४० प्रतिशत आईपीओ निष्कासन गर्न बाेर्डसँग अनुमति मागेकाे हाे । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्दा  सर्वसाधारणमा निष्कासन गरिने सेयरको ४० प्रतिशत  योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान रहेकाे छ । सर्वोत्तम सिमेन्टले प्रथम चरणमा २४ कराेड रूपैयाँ बराबरकाे २४ लाख कित्ता आईपीओ निष्कासन गर्न असार २८ गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

रिलायन्स स्पिनिङ मिल्स लिमिटेड

कम्पनीले पनि पहिलाे चरणमा योग्य संस्थागत लगानीकर्ताहरूलाई ४० प्रतिशत आईपीओ निष्कासन गर्न बाेर्डसँग अनुमति मागेकाे हाे ।  कम्पनीले प्रथम चरणमा ७ कराेड ७० लाख ६४ हजार रूपैयाँ बराबरकाे ७ लाख ७० हजार ६ सय ४० कित्ता आईपीओ निष्कासन गर्न असार ३१ गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम पनि ग्लोबल आईएमई क्यापिटल लिमिटेडले नै गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको