Like us!
Follow us!
Connect us!
Watch us!

हालसम्मकै ठूलो आईपीओ निष्काशन गरेको निफ्राले दोस्रो त्रैमासमा कति नाफा कमायो ?

अर्थ संसार

विहीबार, २२ माघ २०७७, ०९ : ०२ मा प्रकाशित

हालसम्मकै ठूलो आईपीओ निष्काशन गरेको निफ्राले दोस्रो त्रैमासमा कति नाफा कमायो ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा भने १२.५४ प्रतिशतले थोरै हो। गत वर्ष यही अवधिसम्म बैंकले ४० करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

त्यसैगरी,  बैंकले सञ्चालन मुनाफा ५० करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ। यो मुनाफा गत वर्षको तुलनामा १२.१३ प्रतिशतले थोरै हो। गत वर्ष सञ्चालन मुनाफा ५७ करोड ४३ लाख रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमाससम्म बैंकले ५६ करोड ५४ लाख खुद ब्याज आम्दानी गरेको छ। जुन गत वर्ष ६१ करोड ७१ रुपैयाँ थियो। बैंकको वितरणयोग्य मुनाफा ३५ करोड २२ लाख रुपैयाँ रहेको छ।


बैंकको चुक्ता पूँजी १ करोड २० लाख रुपैयाँ र जगेडा कोष  १ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ६.७१ रुपैयाँबाट घटेर ५.८७ रुपैयाँमा झरेको छ। 

बैंकले भर्खरै मात्र ८ अर्ब रुपैयाँ बराबरको हालसम्मकै ठूलो आईपीओ बिक्री गरेर बांडफांड गरेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:

601b6811e203d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको