Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको नयाँ शाखा सिन्धुलीमा

अर्थ संसार

विहीबार, २२ माघ २०७७, १४ : २५ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको नयाँ शाखा सिन्धुलीमा

ग्लोबल आइएमई बैंक लिमिटेड सिन्धुली शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न भएको छ । 
बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकर बर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभएको छ । 

उद्घाटन समारोहमा बोल्दै संयोजक तिवारीले देशकै ठूलो बैंक ग्लोबल आइएमई बैंकले साना किसान तथा व्यवसायीहरुका लागि उत्थानका कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो । 
उहाँले बैंकले स्थानीय सरकार, साना व्यवसायी तथा कृषकहरुसँग समन्वय गरेर कामगर्न समेत सुझाव दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले ग्लोबल आइएमई बैंक मुलुककै उत्कृष्ट बैंकको रुपमा स्थापित हुने गरी काम गर्न सुझाव दिनुभयो । 
उहाँले लगानी र मुनाफादुबै हिसाबले यो बैंक आगामी दिनमा मुलुककै एक नम्बर बैंक हुने विश्वास लिएको बताउनुभयो ।

सिन्धुलीउद्योग वाणिज्य संघका अध्यक्ष बैदारले ग्लोबल आइएमई बैंकले व्यवसायीमैत्री सेवाप्रदानगर्न आवश्यक रहेको बताउनुभयो । बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले नेपाल सरकारको नीति तथा कार्यक्रमहरुलाई पालना गर्दै आफ्नो सेवालाई विस्तार गरेको बताउनुभयो । उहाँले बैंकले अबका दिनमा थप सबल र सक्षमबन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ्ग सेवा प्रदान गर्ने बताउनुभयो ।

उक्त अवसरमा अध्यक्ष ढकालले भानुभक्त माध्यमिक विद्यालयलाई बैंकको तर्फबाट ७थान कम्प्युटरसमेत हस्तान्तरण गर्नुभएको थियो । साथै उहाँले निरुशा किराना तथा डेरीपसललाई नगदरहित कारोबारका लागिQR Code Standee हस्तान्तरण गर्नुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको