Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवमा वृहत रक्तदान कार्यक्रम, ७५७ जनाले गरे रक्तदान

अर्थ संसार

शुक्रबार, १९ पुस २०८१, १९ : ३६ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवमा वृहत रक्तदान कार्यक्रम, ७५७ जनाले गरे रक्तदान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ। बैंकले बिहीबारदेखि १८ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ। यो अवसरमा देशभरका सातवटै प्रदेशका शाखा कार्यालयहरूमा रक्तदान कार्यक्रमसहित निशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो।

रक्तदान कार्यक्रममा ७५७ जनाले रक्तदान गरेका छन्। साथै, ११९ जनाको आँखा जाँच गरिनुका साथै २०० जनाको रक्तचाप र मधुमेह परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको छ। रक्तदान कार्यक्रम कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको जनकपुर शाखा, बाग्मती प्रदेशको कान्तिपथ र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको मिलनचोक बुटवल र नेपालगंज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा, र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा आयोजना गरिएको थियो।

ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै यस्ता समाजोपयोगी कार्यहरू मार्फत जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउँदै आएको छ। बैंकले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

ग्लोबल आइएमई बैंकलाई हालै "ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४" र "युरोमनी अवार्ड फर एक्सेलेन्स २०२४" द्वारा नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मान गरिएको छ। बैंकले ७७ वटै जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गर्दै ३५५ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर, र ३ बैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,१०० भन्दा बढी सेवा केन्द्रद्वारा सेवा प्रदान गरिरहेको छ।

नेपाली नागरिकहरूलाई बैंकिङ सेवा प्रदान गर्नुका साथै, ग्लोबल आइएमई बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, र जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ। १८ वर्षदेखि बैंकले निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा नेपाली बैंकिङ क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको