Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्वारा ‘रुफटप सोलार कर्जा योजना’ सार्वजनिक, नविकरणीय ऊर्जामा लगानीको अवसर

अर्थ संसार

बुधबार, १० बैशाख २०८२, ०८ : ४७ मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्वारा ‘रुफटप सोलार कर्जा योजना’ सार्वजनिक, नविकरणीय ऊर्जामा लगानीको अवसर

ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसर पारेर ‘रुफटप सोलार कर्जा योजना’ सार्वजनिक गरेको छ। उद्योग, व्यापार र सेवाक्षेत्रमा नविकरणीय ऊर्जाको प्रयोग बढाउने लक्ष्यसहित ल्याइएको उक्त योजना वातावरणीय दिगोपनतर्फको कदमका रूपमा प्रस्तुत गरिएको छ।

बैंकले औद्योगिक तथा व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न यो योजना सुरु गरेको हो। यस अन्तर्गत होटल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ्ग कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्था जस्ता उत्पादनमूलक क्षेत्रहरूले प्रत्यक्ष रूपमा लाभ लिन सक्नेछन्।

बैंकका अनुसार, यस योजनाले जलविद्युत् ऊर्जामा रहेको निर्भरता घटाउनुका साथै, ऊर्जा खपतमा कमी ल्याई ऊर्जा सुरक्षामा योगदान पुर्‍याउने लक्ष्य लिएको छ। साथै, यसले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै दिगोपनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको