Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक र उपाय सर्भिसेसबीच सम्झौता

अर्थ संसार

शुक्रबार, २३ माघ २०७७, १५ : २८ मा प्रकाशित

नबिल बैंक र उपाय सर्भिसेसबीच सम्झौता

नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र उपाय सर्भिसेसबीच बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता गरेको छ ।   

यस रणनीतिक साझेदारी अन्तर्गत, बैंकका लघु, सानार मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने छन् । यसबाहेक, उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्कता बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपल्ब्ध गराउनेछ । 

उक्त सम्झौतापत्रमा निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई तथा लघुवित्त, नबिल बैंक र राजु के.सी., महाप्रबन्धक, उपाय सर्भिसेसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको