Like us!
Follow us!
Connect us!
Watch us!

स्मार्टच्वाइस टेक्नोलोजिज र ग्लोबल आइएमई बैंकबीच सम्झौता सम्पन्न

अर्थ संसार

शुक्रबार, २३ माघ २०७७, १८ : ११ मा प्रकाशित

स्मार्टच्वाइस टेक्नोलोजिज र ग्लोबल आइएमई बैंकबीच सम्झौता सम्पन्न

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहँुच सजिलै पुर्याउने उद्देश्यले विकास गरेको OmniChannel Digital BankingSolutions मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा ग्लोबल आइएमई बैंक लिमिटेडसँग सम्झौता गरेको छ । 

माघ २१ गते ग्लोबल आइएमई बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडबीच औपचारिक सम्झौता सम्पन्न भएको हो । 

SCT ले गहन अध्ययन र अनुसन्धान गरी विगत दुई बर्षको अनवरत प्रयत्नबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षणपश्चात सञ्चालनको अवस्थामा ल्याईको यस उपकरणमा Banking, eBanking, Self-Banking, SMART QR र Cardमार्फत दिने सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुनेछन् ।

यसबाट ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो÷छरितो, मितव्ययी र सरलढंगले बैकिङ्गसेवा र सुविधाहरुको पहँुच हुनेछ । साथै, बैंकले यस आधुनिक उपकरणको सेवालाई छिट्टै नै ग्राहकहरुको बिच सञ्चालनमा ल्याउने छ ।
परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउदैं आएको छ । 

डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकतामाग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीहरुको रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको