Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको नयाँ शाखा धनुषाको ढल्केबरमा

अर्थ संसार

शुक्रबार, २३ माघ २०७७, १८ : २० मा प्रकाशित

ग्लोबल आइएमई बैंकको नयाँ शाखा धनुषाको ढल्केबरमा

 ग्लोबल आइएमई बैंक लिमिटेडले धनुषाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच धनुषाको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गर्नुभएको छ ।

नयाँशाखा सञ्चालनमा आएसँगै बैंकका शाखाकार्यालयहरुको संख्या २६८ पुगेको छ । शाखाउद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले नेपाल सरकार तथा नियामक निकायको नीति तथा कार्यक्रमहरुलाई पालन गर्दै आफ्नो सेवालाई विस्तार गरेको बताउनुभयो । 

“सबैकालागि बैंक”भन्ने मुल नारालाई चरितार्थ गर्दै बैंकले मुलुकका ७४ वटा जिल्लाबाट सेवा प्रदान गर्दै आएको बताउँदै उहाँले बैंकिङ्ग सेवाको पहुँचभन्दा टाढा रहेकाअन्य क्षेत्रमा पनि सम्भव भएसम्म शाखा विस्तार गर्दै वा शाखा रहित बैंकिङ्ग सेवाका माध्यमबाट सेवा प्रदान गर्ने बताउनुभयो । 

उहाँले बैंकले अबका दिनमा थप सबल र सक्षम बन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ्ग सेवा प्रदान गर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी बास्तोलाले ग्लोबल आइएमई बैंक मुलुककै एक उत्कृष्ट बैंकको रुपमा स्थापितहुनेगरी काम गर्न सुझाव दिनुभयो । 

कार्यक्रममा मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष तेजनारायण साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साह, सिन्धुलीउद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार, थाहा उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठ तथा मिथिला नगरपालिका वडा नं. ६ का अध्यक्ष भक्तबहादुर बलम्पाकी लगायत विभिन्न राजनितिक दलका प्रतिनिधि, स्थानीय व्यवसायी, बैंकका कर्मचारी, पत्रकार तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

बैकले ७४ जिल्लामा फैलिएको २६८ शाखा सञ्जालसहित २४० एटिएम, ४७ एक्सटेन्सनकाउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको