Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको आईपिओ तपाईको खातामा आयो ? सेयरधनीको डिम्याट खातामा धमाधम जम्मा गर्दै

अर्थ संसार

शनिबार, २४ माघ २०७७, ११ : ५२ मा प्रकाशित

निफ्राको आईपिओ तपाईको खातामा आयो ?  सेयरधनीको डिम्याट खातामा धमाधम जम्मा गर्दै

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण शेयर (आइपिओ) सेयरधनीहरुको हितग्राही खातामा जम्मा हुन सुरू भएको छ ।

हाल कम्पनीकाे उक्त आइपिओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर कारोबार गर्न सक्नेछन्  । कम्पनीकाे आइपिओलाई सेयर काराेबार गर्नका  NIFRA सिम्बाेल प्रदान गरिएको छ ।

नेप्सेले बैंककाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ८६ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ ११३ रूपैयाँ ६२ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३४० रुपैयाँ ८६ पैसा हुन्छ ।

बैंकले माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको