Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको आइपिओ आजदेखि कारोबारमा, ओपनिङ रेञ्ज कति ?

अर्थ संसार

आइतबार, २५ माघ २०७७, ०९ : ०४ मा प्रकाशित

चन्द्रागिरी हिल्सको आइपिओ आजदेखि कारोबारमा, ओपनिङ रेञ्ज कति ?

चन्द्रागिरी हिल्स लिमिटेडकाे साधारण सेयर (आइपिओ) धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) बाट काराेबार हुने भएकाे छ ।

कम्पनीले माघ २३ गते, शुक्रबार नेप्सेमा शेयर सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएकाे हाे ।

शुक्रबार कम्पनीकाे एक करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका CGH संकेत प्रदान गरिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको