Like us!
Follow us!
Connect us!
Watch us!

दोश्रो बजारमा निफ्राको कारोबार कहिले ?

अर्थ संसार

सोमबार, २६ माघ २०७७, १५ : ०३ मा प्रकाशित

दोश्रो बजारमा निफ्राको कारोबार कहिले ?

नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को धितोपत्र कारोबार आगामी सातादेखि हुने भएको छ । निफ्राका सूचना अधिकारी सुवर्ण कुमार सिङका अनुसार बैंकले आवश्यक सम्पूर्ण कागजातहरुसहित सूचीकरणको निवेदन नेप्सेमा पठाइसकेको छ  । 

उनका अनुसार यसै साता आइपिओ निफ्रा र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण हुने तयारी रहेको छ । नेप्सेमा यसै सूचीकरण भएमा आगामी आइतबारबाट भने निफ्राको दोस्रो बजारमा सेयर कारोबार हुनेछ।

 नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रतिकित्ता ११३ रुपैयाँ ६२ पैसादेखि ३४० रुपैयाँ ८६ पैसा सम्म रेन्ज तोक्ने छ । 

बैंकले माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएकाे थियाे । 

बैंककाे आइपीओमा १५ लाख २९ हजार ४ सय ६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बरारबकाे १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन दिएका थिए । याे सर्वसाधारणका लागि माग गरिएकाे ७ करोड ५८ लाख ४० हजार भन्दा २.४९ गुणा बढी आवेदन हो । नेपालमा १५ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो पटक हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको