Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजार तुलनात्मक रूपमा कम जोखिमको क्षेत्र होः सेयर विश्लेषक हरि कुमार कार्की

लगानीकर्ताको आवाज

बुधबार, २८ माघ २०७७, ०० : ०० मा प्रकाशित

सेयर बजारमा लामो समयदेखि लगानी गर्दै आएका छन् हरिकुमार कार्की  । उनी सेयर बजारको विश्लेषक पनि हुन् । उनी अन्य क्षेत्रको तुलनामा सेयर बजारको लगानी कम जोखिमयुक्त रहेको बताउँछन् । अर्थसंसार डटकमको नियमित कार्यक्रम लगनीकर्ताको आवाजसँगको कुराकानीमा उनले यसो बताएका हुन् ।  

लामो समयदेखि प्रध्यापन पेसामा संलग्न कार्कीले एक दशकदेखि सेयरमा लगानी गर्दै आएका छन् । संसारमा धनी देशहरु पैसा बैंकमा जम्मा गरेर, घरजग्गामा लगानी गरेर धनी भएको नभइ उद्योग व्यवसायमा लगानी गरेका कारणले धनी भएको उनको तर्क छ । नेपालीहरू जोखिम मोल्न डराउने भएकै कारण जागिर खोज्दै विश्वका बिभिन्न देशहरुमा पुग्ने गरेको उनी बताउँछन् ।

सेयर बजारको लगानी अन्य क्षेत्रको लगानीका तुलनामा कम जोखिमको लगानी रहेको तर्क उनको छ । केही समयमा सेयर बजारको लगानीबाट नोक्सानी व्यहोर्न परेता पनि कालान्तरमा सेयरमा गरेको लगानीले लगानीकर्ताहरुलाई घाटा नपुर्याउने उनको भनाइ छ । 

अहिले जारी नेपालको सेयर बजारको बुलिस ट्रेन्ड अझै करिब ३ बर्षसम्म कायम रहने भन्दै पहिलेका तथ्याङ्कका आधारमा हेर्ने हो भने नेपालको नेप्से परिसूचक ६००० को बिन्दुमा पुग्न सक्ने उनको दावी छ । 

नेपालमा हाल नेप्सेमा सुचिकृत कम्पनीको सेयर मूल्य न्यून रहेको बताउँदै उनले अहिले लगानीका लागि संकोच मान्नु पर्ने अवस्था नरहेको बताउँछन् । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताहरुले राम्रोसंग अध्ययन गरी बुझेर लगानी गरेमा राम्रो मुनाफा हासिल गर्नसक्ने उनको तर्क छ ।
सेयरको लगानीलाई अनुत्पादक क्षेत्रको लगानी भन्नेहरु सेयरका बारेमा जानकारी नभएका कारणले मात्र यस्तो तर्क गरेको उनी बताउँछन् । सेयरको लगानी भनेको प्रत्यक्ष रुपमा गरिने उत्पादनमूलक क्षेत्रको लगानी भएको उनी बताउँछन् ।

सेयर बजारको सुन्दरता भनेकै धेरै बढ्नु र थोरै मात्रामा घट्नु भएकाले कहिले काँहि सेयर बजार ओरालो लाग्दा लगानीकर्ता आत्तिन नहुने उनको भनाइ छ । कहिले काँहि नेप्से परिसूचकमा आउने करेक्सनले बजारलाई थप बलियो बनाउँदै लैजाने उनी बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको