Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफले ६० करोडको आइपिओ निष्काशन गर्ने

अर्थ संसार

मंगलबार, २७ माघ २०७७, १४ : ५८ मा प्रकाशित

महालक्ष्मी लाईफले ६० करोडको आइपिओ निष्काशन गर्ने

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोवार सञ्चालनको दुई बर्ष पुरा गरेको छ । कम्पनीले दोस्रो वार्षिक उत्सवको अवसर पारेर मंगलबारबाट बिक्री गर्ने गरी नयाँ मनि ब्याक बीमा योजना “ महालक्ष्मी धनधान्य”पोलिसि संञ्लनमा ल्याएको छ ।

आर्थिक वर्ष २०७६/७७ को वासलात नाफा-नोक्सान हिसाब बीमा समितिबाट स्वीकृतीपछि ६० करोड रुपैयाँको सेयर सर्वसाधारणमा (आईपीओ) जारी गर्ने गरी प्रकृया शुरू गरेको जनाएको छ ।  नेपालको जीवन बीमा बजारमा सबैभन्दा कान्छो र उन्नाइसौ कम्पनीको रूपमा काम शुरू गर्दा नौ वटा पुराना स्थापित कम्पनी र नौ वटा नयाँ कम्पनीहरूसँग प्रतिस्पर्धा थिए । 

कम्पनीले २ बर्षको अवधिमा ६२ वटा शाखारउपशाखा स्थापना, १६१९० अभिकर्तालाई तालिम, नौ वटा प्रोडक्ट लञ्च, १६५ करोड रुपैयाँ बीमा शुल्क संकलन र २५६करोड लगानी गर्न सफल भएको छ ।

कम्पनीले आ.व. २०७५/७६को पोलिसि बोनस न्यूनतम ५० रुपैयाँ ल्याई नयाँ कम्पनीहरूमध्येमा उत्कृष्ट नतिजा ल्याउनु सफल भएको कम्पनीले दावी गरेको छ । नेपालमा बीमा कारोवार प्रतिको आमजनताको विश्वास वृद्धि गर्न कम्पनिले मितव्ययी तरिकाले ग्रामिण क्षेत्रमा बीमाको पहुच अझै विस्तार गर्ने योजनामा महालक्ष्मी लाइफ लागेको जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको