Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन लाइफ हाइड्रोको आइपिओमा कति पर्यो आवेदन ? पर्ने सम्भावना कति ?

अर्थ संसार

मंगलबार, २७ माघ २०७७, २० : ३१ मा प्रकाशित

ग्रीन लाइफ हाइड्रोको आइपिओमा कति पर्यो आवेदन ? पर्ने सम्भावना कति ?

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) काे आज अन्तिम दिन पनि लगानीकर्ताको उस्तै ओइरो लागेकाे छ ।

अन्तिम दिनमंगलबार  बेलुकासम्ममा १३ लाख २६ हजार ७७ जना आवेदकले २ अर्ब ३७ करोड ३० लाख १८ हजार रूपैयाँ बराबरकाे २ करोड ३७ लाख ३० हजार १ सय ८० कित्ताकाे लागि आवेदन  दिएका निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले जानकारी दिएकाे छ । याे सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा ७.३० गुणा बढी आवेदन हो । अन्तिम तथ्यांक आउन बाँकी भएकाले थाेरै तलमाथि हुन सक्नेछ ।  आइपिओ बाँडफाँड गोला प्रथाबाट हुनेछ । 

कम्पनीले माघ २३ गते, शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर  (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको