Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको लाभांश आज पारित हुँदै

अर्थ संसार

शुक्रबार, ३० माघ २०७७, ०८ : ३० मा प्रकाशित

गरिमा विकास बैंकको लाभांश आज पारित हुँदै

आज (शुक्रबार) गरिमा विकास बैंक लिमिटेड वार्षिक साधारण सभा हुँदैछ। बैंककाे पाैष २९ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १४औं वार्षिक साधारण सभा हाेटल पोखरा ग्रान्ड, पाेखरामा बिहान १०:३० बजेबाट सुरू हुनेछ । 

सभामा बैंककाे पुस १० गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १३.५० प्रतिशत बोनस शेयर र ०.७१ प्रतिशत नगद (कर प्रयाेजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि माघ १२ गतेदेखि माघ ३० गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, माघ ११ गते, आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको