Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्सुरेन्सको नाफासँगै बिमाशुल्क पनि बढ्यो

अर्थ संसार

शुक्रबार, ३० माघ २०७७, १३ : २० मा प्रकाशित

नेको इन्सुरेन्सको नाफासँगै बिमाशुल्क पनि बढ्यो

नेको इन्सुरेन्स  लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले २६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको तुलनामा उक्त नाफा ६०.२२ प्रतिशतले धेरै हो । गत वर्ष यही अवधिमा कम्पनीको नाफा १६ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।


त्यसैगरी, कम्पनीले  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९४ करोड ४३ लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यही अवधिको तुलनामा यो आम्दानी ३०.०२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ७० करोड ९९ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीले बीमा कोषको आकार पनि ६८ करोड ९८ लाख रुपैयाँबाट बढाएर ९६ करोड ३६ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। 

कम्पनीको चुक्तापुँजी १ अर्ब ३१ करोड रुपैयाँ र जगेडा तथा कोष ६४ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४०.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ रहेको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको