Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको नाफामा ३३.४० प्रतिशतले गिरावट, अन्य सूचक के भए ?

अर्थ संसार

शुक्रबार, ३० माघ २०७७, १५ : ०० मा प्रकाशित

नेपाल टेलिकमको नाफामा ३३.४० प्रतिशतले गिरावट, अन्य सूचक के भए ?

नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ३३.४० प्रतिशतले कम हो। गत वर्षको सोहि अवधिसम्म कम्पनीले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

टेलिकमले ग्राहकलाई इन्टरनेट, मोबाइल र ल्यान्डलाइन सेवा बिक्रीबापतको आम्दानीमा पनि गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीका सेवा बिक्रीबापत १७ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको छ छ। गत वर्ष यस्तो आम्दानी १८ अर्ब ३ करोड रहेको थियो। 

कम्पनीको अन्य आम्दानीमा पनि २६.६५ प्रतिशतले गिरावट आएको छ  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ८५ करोड रुपैयाँमा आम्दानी गरेको छ । गत वर्ष यस्तो आम्दानी ३ अर्ब ८८ करोड रुपैयाँ थियो। 

चुक्ता पुँजी १५ अर्ब र जगेडा तथा कोष ८० अर्ब ३७ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४३.८६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ६३५.८० रुपैयाँ रहेको छ। 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस् :-

60264ab0eb82b.JPG 60264ab5bedf0.JPG 60264aba4c30c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको