Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ युनिलिभर नेपालको दोस्रो त्रैमासको वित्तीय विवरण

अर्थ संसार

शुक्रबार, ३० माघ २०७७, १३ : ३८ मा प्रकाशित

यस्तो छ युनिलिभर नेपालको दोस्रो त्रैमासको वित्तीय विवरण

युनिलिभर नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १३ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४५ प्रतिशत कमले कम हो  गत वर्ष वर्षको सोहि अवधिमा कम्पनीले २३ करोड ७५ लाख खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको कुल आम्दानी पनि २५.८५ प्रतिशतले घटेर १ अर्ब १९ करोड ३५ लाख रुपैयाँमा सिमित भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ६० करोड ९६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । 

हाल कम्पनीको चुक्तापूँजी ९ करोड २१ लाख रुपैयाँ र जगेडा कोष २ अर्ब ४ करोड २ लाख रुपैयाँ रहेको छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष १४३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २.३१६ रुपैयाँ रहेको छ ।
 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

602655f64cb08.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको