Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ छिनोफानो आज हुँदै

अर्थ संसार

आइतबार, ०२ फागुन २०७७, ०७ : ३२ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ छिनोफानो आज हुँदै

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे तेस्रो वार्षिक साधारण सभा आज (फागुन २ गते , आइतबार) हुँदैछ । कम्पनीकाे पाैष २९ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा  आम्रपाली ब्याङ्कवेट, नक्साल, काठमाडौंमा दिउँसाे ३ बजेबाट सुरु हुनेछ ।

सभामा धितोपत्र दर्ता गरी साधारण सेयर (आइपिओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रूपैयाँ बराबरकाे ७५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्दैछ । कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी ट्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । 

त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

महिला लद्युवित्तको आइपिओ लगानीकर्तालाई हामी यसरी मालामाल बनाउँछौं । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको