Like us!
Follow us!
Connect us!
Watch us!

कतिमा भयो निफ्राको पहिलो कारोबार?

अर्थ संसार

आइतबार, ०२ फागुन २०७७, ११ : ३१ मा प्रकाशित

कतिमा भयो निफ्राको पहिलो कारोबार?

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा बैंककाे काराेबार प्रतिकित्ता ३४० रुपैयाँमा भएकाे छ । बैंककाे १० कित्ता सेयर प्रतिकित्ता ३४० रुपैयाँमा खरिदबिक्री भएको हो ।

बैंककाे २० करोड कित्ता साधारण सेयर (आइपिओ) बिहीबार नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । नेप्सेले बैंककाे पहिलो कारोबारका लागि न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको