Like us!
Follow us!
Connect us!
Watch us!

एल्बम लिएर आइन ६ बर्षे बालिका

मंगलबार, ०२ कार्तिक २०७३, १३ : ४९ मा प्रकाशित

एल्बम लिएर आइन ६ बर्षे बालिका

अर्थ संसार
काठमाडौं– ‘मेरो सपना’ नामक एल्बम लिएर ६ बर्षीय बालिका श्रोतामाझ आएकी छिन् । राजधानीको बौद्ध आरुवारीमा वसोवास गर्ने पेम्दोर्जी शेर्पा र मिना शेर्पा तामाङकी छोरी लोप्साङ छोइड्यान शेर्पाको स्वरमा सजिएको गीति एल्बम र म्यूजिक भिडियो सार्बजननिक भएको हो ।

एल्बमको पूर्वमन्त्री कृपाशुर शेर्पा र संगीतकर्मी लाक्पा शेर्पाले संयुक्त रुपमा विमोचन गरे । लोप्साङको सातौं जन्मदिनको अवसर पारेर एल्बम सार्वजनिक भएको हो । एल्बममा  तीन वटा गीत र म्यूजिक भिडियो समावेश छन् । लोप्साङले गीत गाएर विमोचनका सहभागीलाई मन्त्र मुग्द बनाइन । त्यस्तै, उनले सचिन राईसँग युगल गीत समेत गाइन् । जन्मदिनको अवसरमा उनले मञ्चमै केक काटिन् । 

कार्यक्रममा कलाकारहरु बुद्ध राई, एडी शेर्पा, सचिन राईलगायतले गाएर महोल तताए । छिरिङ डोमा शेर्पासहितले नृत्य देखाए । लोप्साङको प्रतिभा देखेर सवै चकित भए । उनको एल्बममा ‘भोली मलाई आकाशको चन्द्र छुनुछ,’ ‘मेरो लाली वैश’ र ‘मेरी आमा (कभर सङ)’ गरी ३ वटा गीत समावेश छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको