Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सले लाभांश धमाधम हितग्राही खातामा पठाउँदै, तपाईकोमा आएन ? यसो गर्नुस्

अर्थ संसार

सोमबार, ०३ फागुन २०७७, १२ : २७ मा प्रकाशित

सेन्ट्रल फाइनान्सले लाभांश धमाधम हितग्राही खातामा पठाउँदै, तपाईकोमा आएन ? यसो गर्नुस्

सेन्ट्रल फाइनान्स लिमिटेडले ३ प्रतिशत नगद लाभांश आज (फागुन ३ गते,सोमबार)देखि वितरण गर्न सुरु गरेको छ ।

कम्पनीको माघ २३ गते सम्पन्न  २४औं वार्षिक साधारण सभाले पारित गरेको आर्थिक वर्ष २०७६/७७ को नगद लाभांश वितरण गर्न सुरु गरेको हो । 

कम्पनीले  सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा उपलब्ध भएको बैंक खातामै कम्पनीले नगद लाभांश जम्मा गर्न थालेको हो ।

कम्पनीले हालसम्म पनि बैंक खाता अद्यावधिक नगरेका सेयरधनीहरुलाई यथासिघ्र अद्यावधिक गरी आफ्नो लाभांश सुरक्षित गर्न कम्पनीले आग्रह गरेको छ । 

कम्पनीले  प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

602a18b49384b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको