Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्याे सेन्ट्रल फाइनान्सकाे काराेबार राेक्का

अर्थ संसार

बुधबार, ०६ पुस २०७९, १४ : ०० मा प्रकाशित

नेप्सेले गर्याे सेन्ट्रल फाइनान्सकाे काराेबार राेक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडकाे काराेबार राेक्का गरेकाे छ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठक आइतबार बसेर आर्थिक वर्ष २०७८/७९ का लाभांश प्रस्ताव गरेकाे जानकारी नेप्सेमा भने बुधबार मात्रै गराएकाे भन्दै नेप्सेले सूचना लुकाएकाे आरोपमा कम्पनीको कारोबार रोक्का गरेको हो । 

सेन्ट्रल फाइनान्सको लाभांश घोषणा, गत वर्षकाे भन्दा घट्याे

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (घ) बमोजिम जानकारी नगराएको र धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीले वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेले जनाएकाे छ ।

ऐ. विनियमावलीको विनियम १६( १ (ख) मा भएको व्यवस्था अनुरूप उक्त कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको भन्दै कम्पनीले के कति कारणबाट समयमानै जानकारी नदिएको हो ? पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको