Like us!
Follow us!
Connect us!
Watch us!

CFCL को लाभांश आजदेखि सेयरधनीको खातामा जम्मा हुने

अर्थ संसार

विहीबार, ०५ माघ २०७९, ०६ : ५२ मा प्रकाशित

CFCL को लाभांश आजदेखि सेयरधनीको खातामा जम्मा हुने

सेन्ट्रल फाइनान्सले आजदेखि आफ्ना लगानीकर्ताहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएको छ । फाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको नगद लाभांश आजदेखी इकाईधनीहरुको खातामा जम्मा गरिने जनाएको छ । 

फाइनान्सको पौष ३ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । उक्त लाभांशलाई पुस २९ गते सम्पन्न फाइनान्सको साधारणसभाले पारित गरिसकेको छ ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न सक्नेछन् ।

फाइनान्सको सूचनाः

63c898550d63d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको