Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाईनान्सको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, १७ जेठ २०७९, १३ : २८ मा प्रकाशित

सेन्ट्रल फाईनान्सको संस्थापक सेयर बिक्रीमा

सेन्ट्रल फाईनान्स कम्पनी लिमिटेडले संस्थापक समूहकाे सेयरहरू बिक्री गर्ने भएकाे छ । फाईनान्सका केही शेयरधनीहरूले आफ्नाे नाममा रहेकाे कुल एक लाख ४४ हजार ४ सय ९० कित्ता सेयर बिक्री गर्न निवेदन दिएका हुनाले कम्पनीले साेही सेयर बिक्री गर्न लागेकाे हाे । 

फाईनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम फाईनान्सका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाकाे केन्द्रीय कार्यालय, कुपण्डाेल, ललितपुर वा फाईनान्सकाे सेयर रजिष्टार एनएमबि क्यापिटलमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

यस अवधिभित्र निवेदन पेश नभएमा प्रचलित नियम अनुसार अन्य व्यक्तिहरूलाई सेयरहरू बिक्री गरिनेछ । 

फाईनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6295c933a1d40.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको