Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सको लाभांश घोषणा, गत वर्षकाे भन्दा घट्याे

अर्थ संसार

बुधबार, ०६ पुस २०७९, १३ : २६ मा प्रकाशित

सेन्ट्रल फाइनान्सको लाभांश घोषणा, गत वर्षकाे भन्दा घट्याे

सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेको छ ।

कम्पनीको पाैष ३ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त लाभांश अघिल्लाे वर्षकाे तुलनामा घटेकाे हाे ।  २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिएकाे थियाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छः

63a2b9e80c41b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको