Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासन गर्ने

अर्थ संसार

सोमबार, ०३ फागुन २०७७, १४ : २१ मा प्रकाशित

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासन गर्ने

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा काठमाण्डौमा आज सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल र्याकडिसनमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार  भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीबन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराउनुभएको थियो । 

अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पार्नु भएको  थियो । 

सभाले अध्यक्ष द्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गर्योन । सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित हुनु भएको घोषणा गरिएको थियो । 

त्यस्तै सभाले सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रकम सेयर निष्कासन  गर्ने निर्णय गरेको छ  । कम्पनीका संचालक शुरेश सापकोटाले सभाको अन्त्यमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको