Like us!
Follow us!
Connect us!
Watch us!

लोडसेडिङको अन्त्य कुलमानले हैन मैले गरेको हुँः प्रधानमन्त्री ओली

अर्थ संसार

सोमबार, ०३ फागुन २०७७, १७ : ५२ मा प्रकाशित

लोडसेडिङको अन्त्य कुलमानले हैन मैले गरेको हुँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ अन्त्य गर्ने काम कुलमान घिसिङले गरेको नभई आफूले गरेको दाबी गरेका छन् । 

प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित उद्योगी तथा व्यावसायीको राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्रीले लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको बताएका हुन् ।

भारतबाट विद्युत किन्ने, देशभित्रै उत्पादन बढाउने मिलाउने र प्रसारण लाइन सुधार गर्ने लगायतका काम आफूले गरेको ओलीले बताए ।

यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले देश लोडसेडिङ मुक्त हुनुमा कुलमान घिसिङको कुनै योगदान नभएको र प्रधानमन्त्री ओली कै पहलमा नेपालमा लोडसेडिङ अन्त्य भएको बताएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको