Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रो र एचआईडिसीएसल लगायतका कम्पनीको हकप्रद आवेदन किन भयो रद्द ?

अर्थ संसार

मंगलबार, ०४ फागुन २०७७, ११ : ११ मा प्रकाशित

बरुण हाइड्रो र एचआईडिसीएसल लगायतका कम्पनीको हकप्रद आवेदन किन भयो रद्द ?

नेपाल धितोपत्र बोर्डले विभिन्न कम्पनीहरुले समयमै बोर्डले मागेको कागजात उपलब्ध गराउन नसकेपछी कम्पनीको हकप्रद तथा आइपिओ निष्काशनको अनुमति माग आवेदन रद्द गरेको छ।

सार्वजनिक निष्काशनको प्रक्रिया अगाडी बढाउन बोर्डमा निवेदन दिएका तर माग बमोजिमका कागजातहरु तथा विवरणहरु समय मै उपलब्ध नगराएका कम्पनीको आवेदन रद्द गरिएको बोर्डले जनाएको छ  । 

बोर्डको यो निर्णयसंगै वेबसाइटमा  हकप्रदको लागि पाईपलाइनमा रहेका एचआईडिसीएसल, बरुण हाइड्रो, ङादी हाइड्रोको नाम सुचिबाट हटिसकेको छ  । बोर्डका अनुसार यी कम्पनीहरुले बोर्डले माग गरेको आवश्यक कागजातहरु ६ महिना बिती सक्दा पनि पेश नगरेकोले आवेदन रद्द गरिएको हो  । 

बोर्डका अनुसार अब ति कम्पनीले हकप्रद निष्काशन गर्नको लागि सुरु देखि नै प्रक्रिया अगाडी बढाएर आवेदन गर्नु पर्ने छ । बोर्डले पाएपलाइनको यी कम्पनीहरुको नाम हटाएपछि अहिले हकप्रदको पाईपलाइनमा कर्पोरेट डेभलपमेन्ट बैंक, र अरुण भ्याली हाइड्रो मात्र रहेका छन् ।  

अब बोर्डले हकप्रदमा मात्र नभइ यो नियम आईपिओ,ऋणपत्र, एफपिओ, लगायतका सार्वजनिक निष्काशनमा यहि प्रक्रिया अपनाउने भएको छ । बोर्डले कमेन्ट गरेको ६ महिना सम्म पनि कुनै प्रतिक्रिया नदिने कम्पनीहरुको आवेदन स्वत रद्द हुने छ र कम्पनीले पुनः सार्वजनिक निष्काश गर्न चाहेमा सुरुदेखि आवेदन प्रक्रियामा आउनुपर्ने छ । 

धितोपत्र बोर्डका अनुसार हालसम्म ऋणपत्र र म्युचुअल फण्डमा यस्तो यस्तो प्रकारको कुनै समस्या नदेखिए पनि आईपिओ र हकप्रदमा समस्या देखिएको हो ।सामान्य रुपले आम लगानीकर्ताहरुले हेर्दा कम्पनीको आइपिओ लामो समय देखि पाइपलाइनमा देखिदा बोर्डले आइपिओ निष्काशनको अनुमति नदिएजस्तो देखिने भएकाले अब बोर्डले हकप्रद र आईपिओको पाइपलाइनमा रहेका र ६ महिनासम्म कुनै जवाफ नदिएका कम्पनीहरुको आवेदन रद्द गरिने निर्णय भएको बोर्डका प्रबत्ता निरज गिरी बताउछन् ।   

602b580d984ce.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको