Like us!
Follow us!
Connect us!
Watch us!

भृकुटीमण्डपकाे जुत्ताचप्पल मेलामा सस्ताेमा जुत्ताचप्पल किन्ने माैका, अवलाेकनकर्ताकाे भिड

अर्थ संसार

मंगलबार, ०४ फागुन २०७७, १३ : ३९ मा प्रकाशित

भृकुटीमण्डपकाे जुत्ताचप्पल मेलामा सस्ताेमा जुत्ताचप्पल किन्ने माैका, अवलाेकनकर्ताकाे भिड

काेराेनाकाे कहरबाट राजधानी मुक्त हुँदै गएका बेला राजधानीकाे भृकुटीमण्डमा जारी जुत्ताचप्पल मेलाले चहलपहल निकै बढाएकाे छ ।  फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले यही माैका छाेपेर राजधानीकाे भृकुटीमण्डपमा जुत्ता, चप्पल मेला गरिरहेकाे छ ।

सस्ताेमा एउटै छानामुनी, नेपालका चर्चित ब्राण्डका जुत्ताचप्पल किन्ने अबसर पाएपछि  सर्वसाधारणकाे भिड बढेकाे छ । सस्ताेमा जुत्ता चप्पल पाएपछि मेला हेर्न आएका चावहिलका सराेज नेपालले आफूलाइ बर्षभरिका लागि पुग्ने जुत्ताचप्पल किने । उनीजस्तै धेरै अबलाेकनकर्ताकाे हातमा एकभन्दा बढी जाेर जुत्ताचप्पल देखिन्थे ।

मेलामा ५० प्रतिशतसम्म छुट पाएपछि भृकुटीमण्डपकाे जुत्ताचप्पल व्यापार मेलामा सर्वसाधारणकाे भिड बढेकाे छ । भृकुटीमण्डप यतिखेर मेलामय भएकाे छ । मेलामा २ लाख जनाले अबलाेकन गरिसकेकाे विएफ डियर हिल सुजका प्रबन्ध निर्देशक हाेमनाथ उपाध्यायले जानकारी दिए ।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले कोभिडका कारण सुस्ताएकाे बजारलाइ चलायनमान बनाउन आयाेजना गरेकाे जुत्ताचप्पलकाे बृहत मेलामा सस्ताेमा फुटवेयर किन्न पाउने भएपछि अवलाेकन गर्न सर्वसाधारण ओइरिएकाे एसाेसिएसनले जनाएकाे छ।

मेलामा नेपालका चर्चित जुत्ताचप्पल उत्पादक ब्रान्डहरु फिटराइट, ल्यान्डवाक, फ्रस्टवाक-आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायतकाे सहभागीता छ ।


एक्स्पोमो उपभोक्ताहरुले स्वःस्फुर्त रुपमा प्रदर्शनीमा राखिएका बस्तुहरु अवलोकन गरि मुल्याङ्कन एवं तुलनात्मक रुपमा छनौट गरी सुपथ मुल्यमा खरीद गर्ने अवसर पाउने मेला संयाेजक तथा फुटवेयर मेनुफेक्चरर एसाेसिएसनका अध्यक्ष कृष्णकुमार फुयाल बताउँ छन् । मेलामा उपभाेक्ताले २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउने राेयल सुजका अध्यक्ष भिमलाल पाैडेलले जानकारी दिए ।

लामाे समयदेखि बजार जान नपाएका ग्राहकले एउटै छानामुनि नेपालका उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल छानेर खरिद गर्न पाउने भएका मेला एउटा राम्राे अबसर हुने विएफ डियर हिलका प्रबन्ध निर्देशक हाेमनाथ उपाध्याय बताउँछन् ।  

मेलामा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेजका युनिफर्म जुत्ता, जेन्ट्स तथा लेडिज चप्पल उपलब्ध छन् । मेला आगामी फागुन १० गतेसम्म संचालन हुने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको