Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढ्यो सेयर बजार, नबिल बैंकको सर्वाधिक कारोबार

अर्थ संसार

मंगलबार, ०४ फागुन २०७७, १५ : २६ मा प्रकाशित

दोहोरो अंकले बढ्यो सेयर बजार, नबिल बैंकको सर्वाधिक कारोबार

आज (मंगलबार) पनि सेयर बजारले उकालो यात्रा तय छ । आज सेयर बजारले २६ सयको बिन्दु पार गरी नयाँ रेकर्ड कायम राखेको हो । कारोबारको प्रारम्भमै बढेको सेयर बजार २६३० को बिन्दुमा पुगेको थियो । जुन हालसम्मकै उच्च हो ।

आज नेप्से परिसूचक १५.५० अंकले बढेर २६०१.५१ अंकमा पुगेको हो  । नेप्से ०.६० प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि  ४.०९ अंकले बढेर ४७३.५३ अंकमा पुगेको छ ।

कुल २ सय ८ वटा कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३  करोड ५४ लाख ५४  हजार ९५५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार आज कारोबार भएका कूल १२ वटा उपसमूहमध्ये ४ वटा उपसमूहको सेयर बढेको छ भने बाँकि ८ वटा उपसमूहहरुको सेयर   घटेको छ । 

त्यसैगरी, आज कारोबार रकमको आधारमा नबिल बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५२ करोड ९९ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:-

602b9428ce823.jpg 602b942ae8fa0.JPG 602b942cddc13.JPG 602b942eda9fb.JPG 602b94339ec9e.JPG 602b9433a0bbc.JPG 602b9433c10ac.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको