Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफ इन्स्योरेन्सका अध्यक्षद्वारा सपथ ग्रहण

अर्थ संसार

मंगलबार, ०४ फागुन २०७७, १७ : २० मा प्रकाशित

महालक्ष्मी लाईफ इन्स्योरेन्सका अध्यक्षद्वारा सपथ ग्रहण

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नव निर्वाचित संचालक समितिको बैठकले संचालक मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा  मनोनयन गरेको छ । 

फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो । साधारण सभा सम्पन्न भै सकेपछि भएको पहिलो बैठकले आगामी ४ वर्षको लागि अध्यक्षमा  मनोनयन गरेको हो । 

अध्यक्ष मनोनयन पछि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम नव नियुक्त अध्यक्ष मनोरञ्जन रमण शर्मालाई बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले आजै बीमा समितिमा पद तथा गोपनियताको सपथ ग्रहण गगराएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको